
२०८३ असोज २ गते शुक्रवार, पोखरा–३०, कास्की ।
संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ को अवसरमा आज एक कार्यक्रमको आयोजना गरी स्कूल अफ डेभलप्मेन्ट एण्ड सोसल इन्जिनियरिङ्गको कार्यालय परिसरको वरपर सरसफाई कार्यक्रम सम्पन्न भएको छ । सरसफाई कार्यक्रम स्कूल निर्देशक सहप्राध्यापक डा. अनन्तराज ढुंगानाज्यूको संयोजनमा सम्पन्न भएको थियो । सरसफाई कार्यक्रममा स्कूलका कार्यक्रम संयोजक, प्राध्यापक तथा कर्मचारीहरुको सक्रिय सहभागिता रहेको थियो । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा आयोजना गरिएको कार्यालय सरसफाई कार्यक्रममा वोल्दै स्कूल निर्देशकले सरसफाई कार्यक्रम नियमित रुपमा गर्नुपर्ने र कम्तिमा हप्तामा एक दिन कार्यालय परिसर सरसफाई कार्यक्रम गर्नको लागि आग्रह गर्नुभएको थियो । साथै संविधान दिवसको अवसरमा शुभकामना ब्यक्त गर्दै नेपालको वर्तमान संविधानले सम्पूर्ण नेपाली नागरिकहरुलाई राष्ट्रिय एकता कायम गर्दै संविधानको पालना गर्न हरेक नेपालीहरुलाई प्रेरणा मिलोस भन्ने शुभकामना ब्यक्त गर्नुभयो ।
