
२०८३ साल असोज ६ गते मंगलबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालय स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल इन्जिनियरिङ्गमा स्नातक तहका डेभलप्मेन्ट स्टडिज, इङलिस एण्ड कम्युनिकेशन, उद्यमशिलता विकास र कानुन तर्फ विएएलएलवि कार्यक्रमहरुमा फल सेमेष्टर २०२६ को लागि नयाँ भर्ना भएका विद्यार्थीहरुको लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रम (Orientation Program) मिति २०८३ साल असोज ६ गते सफलतापूर्वक सम्पन्न भएको छ । स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल इन्जिनियरिङ्गका निर्देशक सह–प्राध्यापक डा. अनन्तराज ढुङ्गानाको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा गण्ढकी विश्वविद्यालयका कुलपति प्रा.डा. इन्द्र प्रसाद तिवारी प्रमुख अतिथिको रुपमा रहनुभएको थियो ।
सह–प्राध्यापक डा. राम प्रसाद अर्यालले स्वागत मन्तब्य दिनुभएको सो कार्यक्रममा डा. सुरेन्द्र तिवारीद्धारा स्कूल अफ डेभलप्मेन्ट एण्ड सोसल इन्जिनियरिङ्गमा अध्ययन अध्यापन भैरहेका कार्यक्रमहरु, कार्यक्रमहरुको उद्देश्य, महत्व, आन्तरिक मुल्यांकन विधी तथा अध्ययन पश्चातको रोजगारीका अवसरहरुको वारेमा विशेष जानकारीको प्रस्तुती मार्फत विद्यार्थीहरुलाई अभिमुखिकरण गराउँदै उल्लेखित कार्यक्रमहरुको अध्ययन पश्चात उत्पादित जनशक्तिहरुले विकास र योजना निर्माणका साथै उद्यमशिलता र कानुनी क्षेत्रमा विशेष योगदान गर्न सक्ने विश्वास ब्यक्त गर्नुभयो । पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक राजु पाण्डेले परीक्षा प्रणाली, ग्रेडिङ्ग सिस्टम, परीक्षा तथा नतिजा प्रकाशन प्रक्रियाको वारेमा जानकारी गराउँदै बदलिँदो सामाजिक परिवेशमा समाज रुपान्तरणको लागि सामाजिकशास्त्र र सोसल इन्जिनियरिङ्गको महत्वपूर्ण स्थान रहेको बताउनुभयो । यस्तै केन्द्रिय पुस्तकालय, पुस्तकालय सम्बन्धी सेवा सुविधा र उपलब्ध स्रोत साधनहरुको प्रयोग गर्ने प्रक्रियाको वारेमा उपप्रशासक मिन कुमारी डल्लाकोटीले विद्यार्थीहरुलाई सहजीकरण गराउनुभएको थियो ।
प्रमुख अतिथीको आसनबाट मन्तब्य दिदैँ प्रा.डा. इन्द्र प्रसाद तिवारीले अध्ययन अनुसन्धानबाट सिकेको ज्ञान र सिपको प्रयोगबाट नै स्वच्छ र समुन्नत समाजको निर्माण गर्न सकिन्छ भन्ने कुरामा जोड दिनुभयो । शैक्षिक अवधी पुरा गरेका विद्यार्थीहरु जर्नादन लामिछाने, सागर सुनुवार, सुजन पौडेल ले अध्ययनको क्रममा प्रयोगात्मक सिकाइको कारण नै जिवनउपयोगी शिक्षा हासिल गरिएको भन्दै शैक्षिक अवधीभर सिकेका कुराहरु र अनुभवहरु आदानप्रदान समेत गरेका थिए । नयाँ भर्ना भएका विद्यार्थीहलाई अविर र खादा लगाई स्वागत गरिएको थियो भने स्नातक र स्नातकोत्तर तहमा तोकिएको शैक्षिक अवधी पुरा गरेका विद्यार्थीहरुलाई मायाको चिनो सहित विदाई समेत गरिएको थियो । मानविकी संकाय तथा स्कूलमा कार्यरत शिक्षक तथा कर्मचारी र विद्यार्थीहरु गरि १०० जना भन्दा बढिको उपस्थिती रहेको उक्त कार्यक्रमको सञ्चालन उप–प्राध्यापक निर्मल सोतीले गर्नुभएको थियो ।साथै विद्यार्थीहरुलाई अनुशासित भइ उच्च शिक्षा हासिल गर्न र समाज विकासमा विशेष योगदान गर्न आग्रह सहितको मन्तब्य सँगै कार्यक्रमका सभापती तथा स्कूल निर्देशक सह–प्राध्यापक डा. अनन्तराज ढुङ्गानाले कार्यक्रम समापन गर्नुभएको थियो ।