Array ( [post_type] => pop-notice [posts_per_page] => -1 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [meta_query] => Array ( [0] => Array ( [key] => end_date [value] => 20260917 [compare] => > [type] => NUMERIC ) ) )

नव आगन्तुक विद्यार्थीहरुको लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न

19/12/2025

२०८२ साल पुष ४ गते शुक्रवार, पोखरा–३०, कास्की ।

पोखरा विश्वविद्यालय स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल इन्जिनियरिङ्गमा स्नातक तहका डेभलपमेन्ट स्टडिज, इङलिस एण्ड कम्युनिकेशन, उद्यमशिलता विकास र कानुन तर्फ विएएलएलवि कार्यक्रमहरुमा फल सेमेष्टर २०२५ को लागि नयाँ भर्ना भएका विद्यार्थीहरुको लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रम (Orientation Program) मिति २०८२ साल पुष ३ गते सफलतापूर्वक सम्पन्न भएको छ । स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल इन्जिनियरिङ्गका निर्देशक सह–प्राध्यापक डा. अनन्तराज ढुङ्गानाको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायका डीन डा. सुरेन्द्र तिवारीलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरिएको थियो । सह–प्राध्यापक डा. राम प्रसाद अर्यालले स्वागत मन्तब्य दिनुभएको सो कार्यक्रममा उप–प्राध्यापक युवराज त्रिपाठीद्धारा स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल इन्जिनियरिङ्गमा अध्ययन अध्यापन भैरहेका कार्यक्रमहरु, कार्यक्रमहरुको उद्देश्य, आन्तरिक मुल्यांकन विधी तथा अध्ययन पश्चातको अवसरहरुको वारेमा विशेष प्रस्तुती प्रस्तुत गर्नुभएको थियो भने पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक राजु पाण्डेले परीक्षा प्रणाली, ग्रेडिङ्ग सिस्टम, परीक्षा तथा नतिजा प्रकाशन प्रक्रियाको वारेमा जानकारी गराउनु भएको थियो । यस्तै पुस्तकालय प्रमुख सह–प्रशासक हेमन्तराज कँडेलले केन्द्रिय पुस्तकालय, पुस्तकालय सम्बन्धी सेवा सुविधा र उपलब्ध स्रोत साधनहरुको प्रयोग गर्ने प्रक्रियाको वारेमा समेत विद्यार्थीहरुलाई जानकारी गराउनुभएको थियो ।

प्रमुख अतिथीको आसनबाट मन्तब्य दिदैँ मानविकी तथा सामाजिकशास्त्र संकायका  डीन डा. सुरेन्द्र तिवारीले स्वच्छ र समुन्नत समाज निर्माण गर्ने सामाजिक विज्ञान नै सोसल इन्जियनियरिङ्ग भएकोले उल्लेखित कार्यक्रमहरुमा उच्च शिक्षा हासिल गरिसके पश्चात ग्लोवल मार्केटलाई आवश्यक पर्ने ह््युमन रिसोर्स उत्पादन हुने र उत्पादित जनशक्ती रोजगारी खोज्ने नभइ रोजगारी सृजना गर्न सक्ने भएकोले विद्यार्थीहरुलाई उच्च मनोवलका साथ उच्च शिक्षा हासिल गर्न अनुरोध गर्दै संकायको तर्फबाट आवश्यक मार्गनिर्देशन समेत प्रदान गरिने बताउनुभएको थियो । विशेष अतिथी पोखरा विश्वविद्यालय अन्र्तराष्ट्रिय सम्बन्ध केन्द्रका कार्यकारी निर्देशक सह–प्राध्यापक डा. दिपाञ्जल श्रेष्ठ सहित मानविकी संकाय तथा स्कूलमा कार्यरत शिक्षक तथा कर्मचारी र विद्यार्थीहरु गरि ९५ जनाको उपस्थिती रहेको उक्त कार्यक्रमको सञ्चालन उप–प्राध्यापक निर्मल सोतीले गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुका साथै कार्यक्रम सञ्चालकद्धारा गजल तथा कविता वाचन गर्दै मनोरञ्जन प्रदान गरेका थिए भने विद्यार्थीहरुलाई अनुशासित भइ उच्च शिक्षा हासिल गर्न र समाज विकासमा विशेष योगदान गर्न आग्रह सहितको मन्तब्य सँगै कार्यक्रमका सभापती तथा स्कूल निर्देशक सह–प्राध्यापक डा. अनन्तराज ढुङ्गानाले कार्यक्रम समापन गर्नुभएको थियो ।